हुलाक सेवा विभाग अन्तर्गत केन्द्रीय कार्यालयको रुपमा रहेको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयमा राजपत्राङ्कित द्धितीय श्रेणी (उपसचिव) स्तरको कार्यालय प्रमुख (व्यवस्थापक) र देहायबमोजिमका कर्मचारीहरु रहने संगठनात्मक व्यवस्था रहेको छ ।

हुलाक टिकट तथा लेखन सामग्रीको भण्डारण, सुरक्षण र सम्पूर्ति एवं फिलाटेली प्रर्वद्धन सम्बन्धमा यो कार्यालयले निम्न बमोजिमको कार्य गर्ने गरेको छ ।

  • हुलाक सेवा विभागको आदेश अनुसार सुरक्षण मुद्रणालयबाट छपाई भै प्राप्त हुन आएका हुलाक टिकट एवं हुलाक लेखन सामाग्रीहरु तोकिए वमोजिमको ढाँचामा आम्दानी बाधी सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउने र विभागको आदेश अनुसार छपाईको भुक्तानी दिने ।
  • नेपाल भित्रका कार्यसञ्चालन स्तरका हुलाकहरु, र हुलाक सेवा विभागले तोकिएको एजेन्सीहरुलाई तोकिएको हदबन्दी भित्र रही हुलाक टिकट तथा लेखन सामाग्री को संम्पूर्ति गर्ने, हुलाक टिकटको श्रेस्ता राख्न लगाउने र अनुगमन गर्ने ।
  • तोकिएको हदबन्दी भित्र रही माग भएका टिकटहरुको समय भित्र सम्पूर्ति गर्ने ।
  • आवश्यकता हेरी आगामी दिनमा चाहिने टिकटहरुको अग्रिम जानकारी हु.से.वि. लाई गराउने ।
  • आम्दानी खर्चको श्रेस्ता तयार गरी आ.ले.प/म.ले.प गर्ने व्यवस्था मिलाउने ।
  • सुरक्षित तरिकाबाट गन्तव्य सम्म टिकट पुर्‍याउने व्यवस्था गरी बेलाबेलामा अनुगमन, निरीक्षण गर्ने।
  • फिलाटेलिक महत्वका वस्तुहरु जस्तै पोष्टर, पम्पलेट, पुस्तक लगायत अन्य फिलाटेलिक प्रर्वद्र्धनका लागि मुद्रित सामाग्रीहरुको भण्डारण, सुरक्षण र सम्पूर्ति सम्बन्धी कार्य गर्ने ।
  • मुलुक भरी आफ्नो कार्यालय मार्फत वा घुम्ती काउण्टर सञ्चालन गरी माग बमोजिम हुलाक वस्तुहरुको आपुर्ति र सो को अभिलेखन सम्बन्धी कार्य,
  • फिलाटेलिक व्यवस्थापन सम्बन्धी कार्यहरु, अन्तर्गत फिलाटेली प्रबर्द्धन, सुरक्षण, संकलन, अनुसन्धान तथा सो सम्बन्धमा नीति निर्णयहरुमा सहयोग सम्बन्धी कार्य,
  • हुलाक टिकट वा अन्य फिलाटेली सामाग्रीहरुको डिजाइन तथा सो सम्बन्धमा अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,
  • फिलाटेलिक वस्तुहरु मानार्थ वितरण तथा हुलाक टिकट प्रकाशन तयारी, प्रथम.दिवशीय.आवरण. तथा अन्य फिलाटेलिक वस्तहरु छपाई सम्बन्धी कार्य,
  • राष्ट्यि तथा अन्तर्राष्ट्यि फिलाटेलिक प्रदर्शनीको आयोजना गर्ने र नेपालको तर्फबाट सहभागिता जनाउने आदि ।